Prakash Saput's Letter To Shambu Rai

  • सुजन श्रेष्ठ
  • Published On: June 20,2019

'Galbandi' song is very much popular these days. It has successfully broken many records. Recently, the song's music is found to be similar with legendary singer Shambhu Rai's song 'Aau Nachau Sathi Ho'. 

In order to end this debate, Prakash Saput has written a letter to Shambhu Rai which has been provided below.

 

The letter is given below

आदरणिय शम्भु राई सर नमस्कार ।
आराम छु आराम चाहान्छु ।
आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टि प्यालेसको पहिलो तलाको बिचको कोठाको बेडरुममा पल्टिएर मोबाईलको नोटबुकमा यो चिठि लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गित पनि सुन्दै छु – चिठि तिमीलाई लेखु भन्छु…! बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मन बाट जे आउछ त्यहि लेख्दैछु सर । करिब ३६ डिग्री गर्मिलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ । अलिअलि शितल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु ।यधपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगितिक प्रस्तुती दिएर फर्केको । यहि नजिकै महोत्सब लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिए । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन । आयोजकले भोली पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज़ ।

मैले सोचेकै थिएन सर लोक गित गाएर यतिबिधि चर्चित भईन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेग तिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटि बनिन्छ जस्तो लाग्थेन । त्यसैले गति नै त छाडिएन तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जुनिमा गाउने ईलम गरिसकेपछि २/४ जनाले चिनेनन भने के गाउनु गाठे भन्ने आत्मबोध भैरहन्थ्यो । त्यसैले गितै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भैन । सपना ज्यु को त्यु छ । भोक ज्युको त्यु छ भनेर निकै निरासामा गुज्रिरहेको थिए । कसो कसो दोहोरी व्याटल ले अलिअलि भोंक मेटायो । त्यहि चिनिने भोक क्या सर । पछि बोल माया गर्दा मैले चिनिने भन्दा सम्झिने तिर अल्ली बढि ढल्केर काम गरे र आफुलाई अलिधेरै अंक बटुले दर्शकस्रोता बाट । ब्याटल टु ले मेरो परिचय मा थोरै प्रश्न उठायो । त को होस ? क़ताको मुन्छे होस ? भनेर अलिअलि नंम्बर घट्यो पनि तर क्रियटिभिटि मा नम्बर त जोडिएकै हो । कहिलेकाहि उत्तर गलत हुदा पनि अक्षर राम्रो भएर नम्बर पाईन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, बिज्ञानमा होईन नेपाली बिषयमा । हो संगित पनि नेपाली बिषय जस्तै लाग्छ सर । गणितको, बिज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाईने । १०० मा ३२ ।

गल्बन्दी सम्म आउदा मेरो अंक सयमा सयमा आएको थियो सर । कपि जाच्ने शिक्षक जस्तै गित जाच्ने दर्शक स्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिज़ल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छर ? तर स्कुलनै टपिसके पछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले गल्बन्दिलाई तपाईले पनि जाच्नु भयो सर । तपाईलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतै बाट प्रभावित छ । लाखे हौ, मेरै बाट प्रभावित छ कि के हो ?

सर्वप्रथम त तपाईले गल्बन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटि र हल्ला भैसकेपछि आएका नकरात्मक टिका टिप्पणिहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेस प्रति म दुख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथी आएका प्रश्नहरु प्रति म लज्जा बोध गर्दछु । यधपि तपाईले कुरा उप्काईसकेपछि मेरो नियत माथी, मेरो व्यक्तित्वमाथी, मेरो सिर्जनामाथी लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जिवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यता तिर सोचेर हजुर दुखी नहुनु होला है । म ठिक ठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयि अवसर छ – भाईरल । छिनमै उचालिएर माथी पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खादै लखेटिने प्रवृदि । जुन भोक थियो नि सर चिनिने/ चर्चित हुने । भयो, अघाईयो । भुडि फुट्ने गरि अघाईयो ।

अं साच्चि भाका मिलेको प्रंसग । गाउमै हुदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिन सर । काठमाण्डौ आएर दोहोरी साझमा काम गर्न थाले पछि हजुरका धेरै गितहरु सहकर्मिहरुको आवाजमा सुनियो । आफुलाई रहर लागेर खोजी खोजी ओरिजिनल गित सुनेर डायरिमा गित टिपेर पनि गाईयो । चिठि तिम्लाई र तिमिले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउथ्यो दोहोरीमा सहकर्मिले गाउथे म अभिनय जस्तो गर्थे । हल्का रक्सिले मातेको बेला यस्तो गितले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ? पैसा पनि राम्रै झर्थ्यो । म चाहि रहरले चलेछ बतास सुस्तरी गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन क़सम खाएर भनौ सर यो देउसी भैलो गित मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुदै होईन । पहिलेनै रेकर्ड भैसकेको कुनै गित पुन रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गितलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सहि गलत -त्यता नजाउ मैले यहाँ जोड्न खोजेको चाहि पहिला त्यति नसुनिएको, सफल नभएको गितलाई रि रेकर्ड गरेर चलाईदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो रिश्क तपाईले त्यति खेरै लिनु भयो । अब मैले किन लिन्थेर ! अहिलेत झन ख़र्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेश वे छैन । उसबेला जस्तो क्यासेटमा साईन गरेर पठाएको अनुभव हामीले गर्न पाईएन सर । अहिलेको अबसर र चुनौती भनेको मैल माथी जोडिसके तेई ‘भाईरल ‘ हो । त्यो पनि फिरिको ।

सर भाका मिलेकै छैन ? का मिलेको छ ? भनेर तपाईको बिचारलाई तपाईको फिलिङसलाई तपाईको प्रत्यक तर्कलाई म खण्डन गर्न चाहन्न । तपाईले आफैले भन्नु भएको थियो म तपाईको छोरा भन्दा पनि धेरै कान्छु उमेरको छु । तपाई मेरो बुबा भन्दा पनि बढि उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाई, तपाईको अध्ययन अनुभव, तपाईको योगदान तपाईको सफलता को अगाडि म धेरै बच्चाछु । उमेर अनुभव र समयले पनि म केटकेटि नै हो । एउटा स्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौ १/२ ठाउ उस्तै उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन्त मिलेको छ यार भनेर यि दुई गित ( अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकै चोटि सुनाउने हो भने जोकोहिको मनमा पनि आउछ होला – य होत यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहि छैन कि सर । कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस त दर्शकहरु बाडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडिया/मिडिया नखेलौ सर ।

मैले यहाँ निर धेरै लोक भाका मिल्छन । उस्तै उस्तै हुन्छन । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भनेपनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यधपि अन्य संगितहरु अलिकति गणितीय शुत्रमा बाध्न सकिन्छ । लोकभाकाहरु अलिबढि स्वतन्त्र हुन्छन । खोलाहरु जस्तै, हावा पानी बनजंगल जस्तै प्राकृतिक । मेरो सिर्जनाहरु धेरै कुराहरु बाट प्रभावित छन सर । उसैपनि जति गित चलेकाछन ति सबै शब्द र संगितले मात्रै होईन भिडियोमा अनेक तिग्डम गरेको छु सर । यो प्रविधिले र ज़मानाले बनाएको हो । म्युजिक उठेर गित भनेर म्युजिक मै सकिदा पनि पुर्ण गित हुन्थ्यो चिठि तिम्लाई… ताका । अहिले चिठिको चलन हराएर भिडियो च्याटको जमाना भएर होकि सर गितको अगाडि पछाडि यस्सो नाटक नजोडि त गित नै पुर्ण नहुने जस्तो पो भैसक्यो । ख़ैर, म फेरी जोड्न चाहन्छु मैले ठ्याक्कै गित सुनेर कपि गरेको हुदै होईन सर । डिट्टो कपि पनि छैन गित । मैले नेपाली सांगितिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाई भन्दा अझै अग्रज, तपाई र म सम्म आउदा नेपाली संगित र विशेषत: लोक गित सिर्जना गर्ने ति तमामा अग्रजहरु बाट प्रभावित हुदै नै हामीले गित सिर्जना गर्ने हो । तपाईहरुले बडो दुख गरि खनेको बाटोमा हामी सजिलरी हिड्न पाएका छौ । यस्सो खाल्डाखुल्डि पुर्ने र सके कालोपत्रे गर्ने ज़िम्मेवारी बोध पनि गरेका छौ । तपाईहरुकै बाटोमा हिड्दै गर्दा तपाईहरु जस्तै जस्तै देखिनु स्वभाविक हैन र सर ?अहिले समय अलि बदलिएको छ सर । गितसंगितमा भीड़भाड़ छ । किनकि बाटो सजिलो भएको छ । जो कोहि जा कहि बाट आउन मिल्ने भएर पनि होला । त्यसमाथी हाम्रो पुस्ताको रुचि फेरी डेन्जर- डेन्जर छ सर । यस्तो अवस्थामा गल्बन्दी जस्तो मौलिक लोक गित यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर । आफ्नो व्यवसायीक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै बिधि पुर्याएर ३२/३५ मिनेटको तिहार गित बनाउन तपाईलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गित दिएर आरबीटि बाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेनर ? म्युजिक नेपालसंग राम्रै छ सम्बन्ध तपाईको तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रै भन्दा पनि नेपाली लोक संगितको ! नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाईले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्योन । हजारौ प्रकाश सपुत आए पनि तपाईको ईतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठि तिम्लाई दुरुस्त निकालेछ भनेपछि तपाई मेटिनुहुन्न सर । तपाईको अस्तित्व आउछ आउछ ।

लेख्दा लेख्दै मोबाईलको व्याट्रि २ प्रेसेन्ट भएछ । समय बिहानको ४:३४ ! र अन्त्यमा, तपाईले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफल का लागि बहसका लागि, संगितको शुद्दिकरणका लागि, कपराईटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मान का लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशिल हुन सक्ने र सोहि अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाईस्यो न सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केहि फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गल्बन्दी को लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँ सम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर । यता पश्चिम तिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसी बाट पनि प्रभावित भएछ । अब कसकसको नाम राखौ सर । नाम में क्या चिज हे ? अब यसै पनि आजको मिती सम्म सबै भन्दा छोटो समयमा करोड़ क्लबमा जाने गित कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गल्बन्दी । तर उत्तर यति मै सकिदैन । “ ए त्यो शम्भु राई संग मिलेको गित “ भनेर आउने भैक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै ज़रा गाडेर बसेको हुन्छ मानीसहरुमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याय पनि गित उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिन । त्यसैले एउटा सिर्जना माथी दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहि स्वतन्त्र छोड़ौ न सर । म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नया पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गितसंगित मा केहि गरौ भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौ ।

धन्यबाद सर ।

टेक केयेर सि यु सर


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be